Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सिद्ध रत्न नाथ माविको अध्यक्षमा पाण्डे चयन

सिद्ध रत्न नाथ माविको अध्यक्षमा पाण्डे चयन


दाङ्ग, दाङ्गको नारायणपुरमा रहेको श्री सिद्ध रत्न नाथ माध्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिले पाण्डेलाई सदस्यमा मनोनित गरेर अध्यक्ष बनाएको हो । पुस ८ गते विद्यालय व्यवस्थापन समितिको सदस्यका लागी निर्वाचन भएको थियो ।

उक्त निर्वाचनबाट कान्तप्रसाद चौधरी, रामनारायण चौधरी, विनिता गुरूङ थापा क्षेत्री र रमा डाँगी विजयी भएका थिए ।
मनोनीत सदस्यहरू र पदेन सदस्यहरूले थप दुई जना सदस्य मनोनीत गर्न पाउने प्रावधान अनुसार दिपक पाण्डे र तीला चौधरीलाई मनोनित गरेको हो ।

सदस्यहरूमध्यबाट अध्यक्ष मनोनित गर्ने प्रावधान अनुसार दिपक पाण्डेलाई अध्यक्षमा मनोनित गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस