Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अतिक्रमित भएका क्षेत्रको विवरण पठाउन मन्त्रालयको निर्देशन

अतिक्रमित भएका क्षेत्रको विवरण पठाउन मन्त्रालयको निर्देशन


दाङ, अतिक्रमीत बन क्षेत्रहरुको बिबरण तत्काल सकलन गरि पठाउन प्रदेश नम्बर पाच अन्र्तगत पर्ने ६ जिल्लाका बन कार्यालयहरुलाई प्रदेश बन मन्त्रालयले निर्देशन गरेको छ ।

उधोग पर्यटन तथा बन बाताबरण मनत्रालयले गत असोज ६ गतेदेखि १७ गते सम्म र कार्तिक १ गते देखि ७ गते सम्म दुई चरणमा गरि प्रदेश पाचका बिभिन्न बन क्षेत्रहरुको अनुगमन गरेको थियो ।

अनुगमनको प्रतिबेदन अनुसार प्रदेश पाचका दाङ, बाके, बर्दिया, रुपन्देही, कपिलबस्तु र नवलपरासी गरि ६ जिल्लाका बनक्षेत्रहरुमा बन अतिक्रमण भएको ठहर गर्दे मनत्रालयले ६ जिल्लाका डिभिजन बन कार्यालयहरुलाई यही पुष २३ गते भित्र अतिक्रमित बन क्षेत्रहरुको तथ्याङक उपलब्ध गराउन आग्रह गरिएको डिभिजन बन कार्यालय देउखुरीका निमित्त डिभजन बन प्रमुख देबि प्रसाद चौधरीले जानकारी दिए ।

दाङ जिल्लाकाको डिभिजन बन कार्यालय देउखुरी र डिभिजन बन कार्यालय घोराहीलाई जिल्लाका अतिक्रमीत बन क्षेत्र र त्यसमा बसोबास गर्ने समुदायको बिबरण उल्ल्ेख गरि पठाउन आग्रह गरिएको छ । स्थलगत अनुगमनका क्रममा प्रदेश नम्बर पाचका बाके बर्दिया दाङ, कपिलबस्तु,रुपन्देही र नवलपरासि, जिल्लाहरुमा सबै भन्दा धेरै बन अतिक्रमण भएको अनुगममन समितिले जनाएको छ ।

बांकेको झोरा, हजरत, लगाएतका सामुदायिक बनहरु, तथा राप्ति सोनारी र नरैनापुर गाउपालिका भित्र पर्ने सामुदायिक बन अतिक्रमीत गरि बाढिपिडित गैर बाढिपिडित र गैरनागरिकको बसोबास भएको, पाईएकोले यही पुष १३ गते अस्ति बसेको बैठकले प्रदेश पाच अन्र्तगत अतिक्रमित बन क्षेत्रको एकिन बिबरण पत्ता लगाउन सम्बनिधत बन क्षेत्रहरुको तथ्याङ सकलनका लागी बन कार्यालयहरुलाई पत्राचार गरेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस