Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५गोरखा ग्रुपको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन

गोरखा ग्रुपको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन


दाङ्ग, गोरखा ग्रुपद्धारा सञ्चालित गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको सप्ताहव्यापी खेलकुलको कार्यक्रमको समापन गरिएको छ ।

गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले कार्यक्रमको उद्घाटन गर्नुहुदै अवको एजेण्डा आयआर्जन, शिक्षारितीमा जोड्न जरुरी रहेको विचार व्यक्त गर्नुहुदै, विकृति विसंगकी हटाउनका लागि यस विद्यालयले गर्दै आएको क्रियाकलपा प्रति धन्यवाद व्यक्त गरे ।

प्रमुख केसीले अभिभावकलाइ मात्र नभइ राज्यको पनि दक्षजनशिक्ती बनाउने चहाना रहेको बताए । विद्यालयमा नराकात्मक कुराको रुपान्तर गर्न सक्नुपर्छ र शैक्षिक रुपले परिवर्तन गर्न सक्नुपर्छ, नगर प्रमुख केसीले भने ।

विद्यालयले नयाँ ढंकबाट सोच्नुपर्छ, जताको आयआर्जन र रोजगारीसंग जोड्का लागि गर्दै आएको गोरखा ग्रपले गुणस्तरीय शिक्षा संस्कार प्रदान गर्दै आएकोले विद्यालय प्रति प्रमुख केसीले आभार प्रकट गरे ।

विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले विद्यार्थीहरुमा सामाजिक मानिसिक, नैतिकता, व्यावारिकतामा स्वस्थ हुनुपर्छ, त्यसैले खेलकुद सबै विद्यार्थीहरुका लागि आवश्यक रहेको बताए । उनले पविारका एक व्यक्ति पछिपरेयो भने त्यस्को प्रभाव पुरै परिवारमा पर्छ, उदाहरण सहित शिक्षा र खेलकुलको विषयको महत्व बारे व्याख्या गरे ।

सोही अवसरमा लमही बजारमा निर्माणाधिन अवस्थामा रहेको सडकको किनारमा रहेको घरहरुको लगत र मुअब्जाको प्रकृया पुराइ घर भत्काउने सुचना टास गरिने कुरा प्रस्ट पारे । खेलकुल प्रतियोगिताहरुमा विजय हुने विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह, पत्रकार केपी घिमिरे, राधेश्याम गुप्ता, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलिया, सिमा सुरक्षा प्रहरीबलका प्रमुख इश्वरीदत्त भट्ट, रिपुमर्दन गठका प्रमुख उत्तरबहादुर चन्द, लगायतले विशेष व्यक्तीहरुको उपस्थिती रहेको थियो । विद्यालयका सि.इ.ओ. डा. जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्ष हुमानन्द पाण्डेले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस