गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस प्रिया स्मृती गजमेर पुस १७, २०७६ गते १८:१५ मा प्रकाशित दाङ्ग, लमही कोइलाबास हुलाकी सडक निर्माणको लागी मुआब्जा प्राप्त गरिसकेको घरधनिहरुको घर नभत्काएर साबिकको बाटोमै कालेपत्रे गर्ने कार्यप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आपत्ती जनाएको छ ।नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ले देउखुरीको पहिचान र राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने लमही कोइलाबास हुलाकी सडकको निर्माणलाई मापदण्ड अनुसार नै पुरा गर्न आग्रह गरेको छ ।बाटो घाटो र सडक बिकाशको पहिलो पुर्बाधार भएको र लमही कोइलाबास हुलाकी सडक देउखुरीको पहिचान भएकोले जग्गाको मुआब्जा बुझेर पनी बाटोको मापदण्ड अनुसार ३० मिटर बाटो कायम नगरि पुरानो बाटामै कालोपत्रे गरि बिकाशको कामलाई पछाडी धकेल्ने कार्य भईरहेको भन्दै नेपाली काग्रेस क्षेत्र नम्बर १ ले बुधवार एक प्रेस बिज्ञप्ति जारि गरि आपत्ती प्रकाट गरेको छ ।नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेय र सचिब हरिहर शर्मा पौडेलद्धारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ । बाटो चौडा पार्ने क्रममा घरजग्गा बाटोमा परि पुर्ण रुपमा बिस्थापित हुनेहरुलाई स्थापित गराउने दायित्व राज्यको हो ।तर बाटो कायम गर्दा तत्कालका लागी केही असजिलो पर्न गएता पनि राष्ट्रिय गौरब र देउखुरीको समग्र बिकाश र पहिचान सग जोडिएको हुलाकी राजमार्ग निर्माणको कामलाई मापदण्ड अनुसार अबिलम्ब कार्यान्वयन गरि निर्माणको काम अघि बढाउन आग्रह गरिएको छ ।लमही कोइलाबास हुलाकी बाटो निर्माणको कार्य जारि रहेता पनि लमही बजारमा साबिककै बाटोमा कालोपत्रे गर्दे लमही बजारमा आएर सडकलाई साघुरो बनाउदा स्थानिय अगुवा र आम सर्बसाधारणले स्थानिय सरकारको कडा आलोचना गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल