Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न

राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न


दाङ्ग, राप्ती ईटा उधोग व्यवसायी संघको भेला सोमवार लमहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष बामदेब डाङ्गीको अध्यक्षतामा बसेको भेलाले कार्य समिती गठन गर्ने र खेद प्रकट गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

उक्त भेलाले बामदेब डाङी अध्यक्ष, दिनेश जैसवाल उपाध्यक्ष,हस्त बहादुर डाङी सचिव,हेमराज पौडेल कोषाध्यक्ष र अन्य सदस्यहरुमा प्रकाश पौडेल,भुपाल पाण्डे रहेका छन । त्यस्तै भेलाले मुकेश चौधरी,योगेन्द्र चौधरी,नारायण छम्पाली,नबराज देबकोटा,सुवाश नाथ योगीलाई सल्लाहकारमा चयन गरेको छ ।

सोमवार बसेको संघको भेलाले यहि पुष १२ गते दाङका जेके ईट्टा उधोग व्यवसायी सुनिल केसीमाथी कारबाही गरिएको घटनाप्रति घोर निन्दा तथा भत्सर्ना समेत गरेको छ । साथै भेलाले व्यवसायीलाई ब्यापार व्यवसाय गर्न पाउने गरि संरक्षण गर्न राज्य संग जोडदार माग गरिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस