Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै

भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै


दाङ्ग , भन्सार छली गरेर नेपाल ल्याउदै गरेका कपडा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । दाङ्गको कोइलाबास हुँदै नेपाल आउन लागेका ति भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय गढ़वाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर बस्ने बर्ष २० का युसुफ सिद्धीकी र सोही ठाउँ निवासी २५ वर्षका जावेद अहमद सिद्धीकी रहेका छन । जाडो याममा लगाउने उनीका कपडा पञ्जा टोपी र मोजा लिएर आउदै गरेका उनीहरुलाई ईलाका प्रहरी गढवाको गस्ती टोलीले गढवाको जमूनीवासबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले रा.१.प. ३३८३ नं. को मोटरसाईकल समेत बरामद गरेको छ । भारतीय बजारबाट सस्तो मुल्यमा खरिद गरेर नेपालका दाङ्ग , प्युठान , रोल्पा लगायतका जिल्लामा दोब्बर मुल्यमा बिक्रि गर्ने गरेको प्रहरीले बताएको छ ।

पक्राउ गरीएको सामानको बजार मूल्य भारतीय पैतिस हजार रुपैया बराबरको रहेको र उनीहरुलाई कपडा सहित नेपालगंज भन्सार कार्यालयमा बुझाउने तयारि भैरहेको ईलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस