गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण – मंत्री पौडेल समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण – मंत्री पौडेल प्रिया स्मृती गजमेर पुस ११, २०७६ गते १७:२१ मा प्रकाशित दाङ्ग, प्रदेश नं. ५ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै मन्त्री पौडेलले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताएकी हुन् । शुक्रवार लमही नगरपालिका वडा न ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्नका लागि सहकारी आवश्यक रहेको बताएकी छन् ।त्यस्तै कार्यक्रममा प्रदेश मामिला तथा कनुन समिति सभापति दामा शर्मा, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, विमला वली, धमकली चौधरीले देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै, प्रदेश सरकारले सहकारी विकास कोषको स्थापना गरेको र सरकारले सहकारी मार्फत उद्योग संचालन गर्ने योजना बनाएको बताएका छन् ।कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाको अध्यक्षता एवं प्रदेश नं. ५ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री अरति पौडेलको प्रमुख अथितिमा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी लगायतले बोलेका थिए ।कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव सिला चौधरी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना पौडेल र लेखा परिक्षण प्रतिवेदन व्यवस्थापक जानकी चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण गंगा घर्तीले गरेकी थिइन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप