Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी

राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी


दाङ्ग, संघिय संरचना अनुशार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले पनि गाउपालिका र नगरपालिकामा आफ्नो पार्टीको समायोजन गरेको छ ।

आज देउखुरीका सबै स्थानिय पालिकामा कांग्रेसले समायोजन कार्य सम्पन्न गरेको छ । जस अनुशार राजपुर गाउपलिकामा शरद कुमार बुढाथोकी सभापति र मन्जित खड्का सहसभापति चयन भएका छन् ।

त्यस्तै लमही नगरपालिकामा शिब प्रसाद चौधरी सभापती र प्रताप कुमार खड्का सहसभापति ,गढवा गाउपालिकामा बालचन्द्र हमाल सभापति, सहसभापतिमा श्रीपत चौधरी र दामोदर रेग्मी त्यस्तै राप्ती गाउपालिकामा दुर्योधन पाण्डे सभापति र सहसभापतिमा बेद प्रसाद चौधरी चयन भएका छन् ।

त्यसै गरि आगामी १२ गते वडा कार्यपालिकाको पनि समायोजन कार्य रहेको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस