Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता

औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता


दाङ्ग, लमही नगरपालिकाले औद्योगिक ग्रामको लागि सम्झौता गरेको छ ।

प्रदेश सरकार, प्रदेश नं. ५ प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशानलय, घरेलु तथा साना उद्योग कार्यालय घोराही, प्रथम पक्ष र सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्रा.लि बुटवल दोस्रो पक्ष बीच दाङको लमही नगरपालिका वडा नम्बर ७ सतवरियामा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता भएको हो ।

उक्त कार्यका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्ने कामका लागि परामर्श सेवा खरिद गर्ने सन्दर्भमा दोस्रो पक्षले पहिलोे पक्षलाई सेवा उपलब्ध गराउने मञ्जुर गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार लमही नगरपालिका वडा नं ७ मा औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

साथै जग्गाको सम्बन्धमा कुनै विवाद पर्न आएमा लमही नगरपालिकाले विवाद समाधान गर्नुपर्ने छ, सम्झौतामा उल्लेख नभएका कुराहरुको सन्दर्भमा प्रचलित कानुन स्वीकृत तथा कार्य्विधि बमोजिक हुने सम्झौतामा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस