गृहपृष्ठ ∕ समाचार ∕ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई बुँदे सहमति नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई बुँदे सहमति दीप संञ्चार पुस ३, २०७६ गते ६:३७ मा प्रकाशित काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमति भएको छ ।सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपांगत भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ। त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ ।दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।आगामी फागुन २० गतेसदेखि राष्ट्रिय सभाका १९ जना सदस्यहरुको दुई वर्षे कार्यकाल सकिँदैछ। त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ । रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ ।स्रोत – थाहा खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्दभ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना…काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णयजहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान