गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी प्रिया स्मृती गजमेर मंसीर ३०, २०७६ गते १६:५४ मा प्रकाशित दाङ्ग, अटोभिलेज निर्माण गर्नका लागि लमही नगरपालिकाका जनप्रतिनिधि र यहाका ब्यबसायीले जग्गा छनोटको लागी स्थलगत अवलोकन गरेका छन् ।उनीहरुले लमही नगरपालिका वडा नम्बर ७ स्थित कर्री सामुदायिक वनको नजिक रहेको अर्जुनखोला देखि पाँचसय मिटर दक्षिण तर्फ रहेको ऐलानी जग्गा र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा रहेको ऐलानी जग्गाको स्थलगत अवलोकन गरेका हुन् ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, नगर उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी, ६ का गणेशमान चौधरी, १ का नुमराज पौडेल, देउखुरी उद्योग बाणिज्य संघ लमहीका महासचिव कमलजंगसिंह ठकुरी, जगदम्बा अटो इञ्जिनियरिङका प्रबन्धक निर्देशन लोकबहादुर घिमिरे, राप्ती अटो इञ्जिनियरिङ लमहीका अध्यक्ष विकाश देवकोटा, ऋषि खनाल, भीष्म गैरे लगायतको टोलीले जग्गा छनोटको लागी सोमबार स्थलगत अवलोकन गरेको हो ।अवलोकन गर्दै देउखुरी उद्योग बाणिज्य संघका महासचिव ठकूरीले नगर क्षेत्र भित्र रहेका सम्पूर्ण अटो मोबाइल व्यवसायिहरु बोलाएर बृहत भेला राखी लमही नगरपालिका र देउखुरी उद्योग बाणिज्य संघ लमहीको अटोभिलेज सम्बन्धी भिजन देखाइ र छलफल पछि अटोभिलेज निर्माणको प्रकृया अगाडि बढाउने जानकारी दिए ।यस्तै लमहीमा अटोभिलेज निर्माणको क्रममा नगर क्षेत्रमा कसैलाइ असर नपुग्ने गरि र उपयुक्त स्थानको पहिचान गरेर लमही नगरपालिकासंग समन्वय गरि अटोभिलेजको निर्माण गर्ने महासचिव ठकूरीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ