Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ को मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ को मृत्यु


काठमाडौं, सिन्धुपाल्चोकमा आज आइतवार बिहान भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ । बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस