Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान

प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान


दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खोखो प्रतियोगितामा रजत पदक बिजेता खेलाडी सुमित्रा चौधरीलाइ सम्मान गरेका छन् ।

नेपाल डोरीतान संघ प्रदेश ५ को घोराहीमा आयोजना गरिएको पूर्ण बैठकमा सभासद शर्माले खेलाडीको हौसला सरकारले बढाउने काम गरेर खेलाडी प्रति उच्च सम्मान व्यक्त गरिएको बताएका छन् ।

कार्यक्रममा प्रशिक्षक उषा कवरलाइ समेत सम्मान गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुख्य उदेश्यका साथ बसेको बैठकमा डोरीतान खेललाई व्यापक रुपमा अघि बढाउनुपर्ने,राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरका प्रतियोगिताहरु आयोजना गर्नुपर्नेमा जोड दिइएको छ ।

बैठक प्रदेश ५ का अध्यक्ष नवराज खरेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस