दुख हरण यादव
दाङ्ग, दाङ्गको गढवाका अल्पसंख्यक थारु कुमाल समुदायकका अगुवालाई नेतृत्व बिकाश ,आर्थिक अधिकार तथा श्रोत परिचालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा इको को-अपरेसन नेपालको प्राबिधिक सहयोगमा सहकर्मी समाज बिरेन्द्र नगर सुर्खेत द्वारा बाँके र दाङ जिल्लामा सन्चालित राइट टु अर्न -अ लिभिङ रियल प्रोजेक्ट अन्तर्गतका गढवा गाउँ पालिकामा रहेका अल्पसंख्यक तथा सिमान्तकृत थारु कुमाल समुदायका अगुवालाई ३ दिने तालिम दिइएको हो ।
सहकर्मी समाजद्वारा सन्चालित उन्नति कृषक समुहका अधक्ष्य जगत बहादुर कुमालको सभापतित्व तथा सहकर्मी समाज नेपाल बिरेन्द्र नगर सुर्खेतका प्रमुख राजाराम गुप्ताको प्रमुख आथित्यमा भएको ३ दिने तालिमका सहभागीहरुले तालिमबाट आफूमा सकारात्मक उर्जा थपिएको र समाज रुपान्तरणमा पहल गर्न सक्ने बताएका छन ।
मङ्सिर १६ गते देखि गढवामा सन्चालित ३ दिने तालिममा नेतृत्व सीप,असल नेताका लागि आवस्यक सीप तथा गुण,सफल नेतृत्वको लागि आवश्यक पर्ने नियमहरुको बारेमा,नेतृत्व शैली,अधिकार तथा मानव अधिकारको बारेमा,महिला,बालबालिका तथा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार राजनितिक तथा नागरिक अधिकारको बारेमा सहभागीहरुलाइ प्रशिक्षण दिएको रियल प्रोजेक्टका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले बताए ।
तालिममा स्थानिय श्रोत तथा साधनमाथीको पहुँच बढाउनको लागि गरिने प्रयास तथा ध्यान दिनु पर्ने कुराहरू तथा योजना निर्माणको ७ चरणको बारेमा डन्ड प्रसाद चापागाइले जानकारी गराएका थिए ।
तालिम पछि सहभागीहरुले आफ्नो स्थानिय स्तर तथा गाउँ घरमा पाइने तर पहिचान नभएको श्रोत साधनलाई प्रयोग गर्ने तरिका,प्राकृतिक रुपमा उपलब्ध रहेको श्रोतको सदुपयोग,स्थानिय श्रोत माथी हाम्रो पहुच हुन नसक्नुको कारण,समूह ,समिती ,उपसमिती भित्रको आन्तरिक श्रोतको पहिचान गर्ने तरिका तथा बैकल्पिक श्रोतको पहिचान,र श्रोत प्राप्तीका दौरानमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकार हुने र आफ्नो गाउँ टोलको योजना छनौट गर्नमा अहम भुमिका निर्वाह गर्न सक्ने सहकर्मी समाजका सहजकर्ता तथा बरिस्ठ संस्थागत क्षमता बिकास संयोजक राजाराम गुप्ताले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा सहकर्मी समाज बिरेन्द्र नगर सुर्खेतको प्राबिधिक सहयोगमा रियल प्रोजेक्टले गढवा गाउपालिकाको वडा न १,२,३,४ र ६ मा रहेका अल्पसंख्यक तथा सिमान्तकृत समुदाय थारु कुमालको दिगो जिबिकोपार्जनको लागि कृशी,पशु पालन,क्षमता बिकाश,सीप बिकाशको लागि आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको सहकर्मी समाजको बरिस्ठ समाजिक परिचालक राम बहादुर चौधरीले बताए ।
कार्यक्रममा हरियाली कृषक समूह गढवाकी सिटुल कुमाल,उन्नती कृषक समूह गढवा ४ परस्पुरका उत्तम कुमार थारु कुमाल,दिया बाती कृषक समूह गढवा ३ खैराका अनुपा थारु कुमाल तथा रेडियो साझा आवाज गढवाका स्टेशन म्यानेजर दुख हरण यादव लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सन्चालन सहकर्मी समाजका बरिस्ठ सामाजिक परिचालक राम बहादुर चौधरीले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५