Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अपाङ्गहरुलाई नगरपालिकाको सम्मान

अपाङ्गहरुलाई नगरपालिकाको सम्मान


दाङ्ग, लमही नगरपालिकाले २८ औँ अन्तराष्ट्रिय अपांङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

‘दिगो विकासको लक्ष्य, अपांगङ् मैत्री भविष्य’ भन्ने मुल नाराका साथ लमही नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाको आयोजनामा २८ औँ अन्तराष्ट्रिय अपांङ्गता दिवस कार्यक्रम गरि मनाएको हो ।

लमही नगरपालिकाका उपप्रमुख तथा कार्यबाहाक नगर प्रमुख देवका बेल्वासेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले यातायातको क्षेत्रमा अपांङ्गता भएको व्यक्तिले समस्या झेल्दै आएको र बौदिक अपाङ्गता भएको विद्यार्थीलाई विद्यालयहरुमा निशुल्क पढाइको व्यवस्था गर्नेपर्ने बताएका छन् ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसी, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल, नेपाल पत्रकार महासंघ दाङ शाखा जिल्ला उपाध्यक्ष लिला शाह, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक पुरन मल्ल लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले अपाङ्गताको क्षेत्रमा लमही नगरपालिकाले गरेको कामको, नगरको आगामि योजनाहरुको बारे र अपाङ्गता भएको व्यक्तिले पाउनु पर्ने परिचयपत्र वितरण बारेमा जानकारी गराएका थिए भने समावेसि अपांङ्गता संघ लमहीका उपाध्यक्ष शुसिला विसीले अपांङ्गताको परिचय र अपाङ्गता दिवसको बारे जानकारी गराएकी थिइन् ।

यस्तै २८ औँ अन्तराष्ट्रिय अपांङ्गता दिवसको अवसरमा नगर अन्तर्गतका पाँचजना अपाङ्ग समुहलाई सम्मान गरिएको छ । अपांङ्ग भइ राम्रो उद्यमी गर्दै आएका धनबहादुर कुमाल, धनिराम चौधरी, दयाराम चौधरी, रामु चौधरी र मिनबहादुर चौधरीलाई सम्मान सहित नगद पन्ध्र सयका दरले रकम प्रदान गरेको हो ।

बेदनिधि धितालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाकी हस्तकुमारी विक र लमही नगरपालिका पञ्जिकरण विभाग फिल्ड सहायक शोभा पण्डितले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस