गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत दीप संञ्चार मंसीर १७, २०७६ गते १४:५६ मा प्रकाशित काठमाण्डौ, बागलुङमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने १२ जनाको सनाखत भएको छ । जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।गुल्मीबाट बाग्लुङ्ग जादै गरेको ग १ ज ५२१९ जिप दुर्घटना हुँदा मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउँपालिका–४ का जिप चालक २५ वर्षका रेशम थापा, ४० वर्षका सीता कार्की, ६५ वर्षकी झवी कार्की, ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षका भूमी कार्की र २५ वर्षकी मिना बस्नेत रहेका छन् ।यस्तै ईस्मा गाउँपालिका वडा नम्बर ५ की ३० वर्षकी सूचना कार्की, ४० वर्षकी बसुन्धरा कार्की र वर्ष अन्दाजी २२/२३ की माया थापाको पनि मृत्यु भएको छ ।उक्त दुर्घटनामा नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षे मुमा कार्कीको पनि मृत्यु भएको छ । अर्का एक पुरुष र एक नाबालकको भने सनाखत हुन् नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।दुर्घटनामा तीन जना घाइतेको उपचार भइरहेको छ । कुलपुजाका लागि गुल्मीबाट रिजर्व गरेर गइरहको जिप दुर्घटना भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ