Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गको घोराही १६ मा कांग्रेसका डिसी बिजयी

दाङ्गको घोराही १६ मा कांग्रेसका डिसी बिजयी


दाङ्ग, घोराही उपमहानगर पालिका वडा न १६ मा नेपाली कांग्रेसका तारा बहादुर डिसी बिजयी भएका छन् ।

डिसीका प्रतिद्वन्दी नेकपाका सुरेश बहादुर केसीलाई १०१ मतले पछि पार्दै उनले जित हासिल गरेका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत प्राप्त गरेका छन् ।

कुल खसेको ३२२६ मतमा डिसीले १२१८ , नेकापाका केसी ले १११७ अन्य ले १०३ मत प्राप्त गरे भने ६८ मत बदर भएको थियो ।

अघिल्लो निर्वाचनमा घोराहीको १६ मा तत्कालिन नेकपा एमालेबाट लछिन प्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं. १६ मा अहिले उपनिर्वाचन भएको हो ।

दीप संचारलाई अहिले सम्म प्राप्त भएका चुनाबी मतपरिणाम यस प्रकार रहेको छ ।
१- पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं.–५ मा नेकपाका खिमबहादुर खरु मगर विजयी ।
२-. गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा नं.–६ मा नेकपाका गिरिप्रसाद सिन्जाली बिजयी ।
३-भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं.–१ मा नेकपाका जितेन्द्र राई बिजयी ।
४-डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं.–२ मा नेकपाका रामबहादुर बोहोरा बिजयी ।
५- बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं.–१ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी ।
६-सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नं. –१ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी ।
७-काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.–३ मा नेकपाका शिवभक्ति बलामी बिजयी ।
८-खोटाङ जिल्ला साकेला गाउँपालिका वाड नं.–३ नेकपाका शिबकला राई बिजयी ।
९ -बाग्लुङ्ग जिल्लाको वडीगाड गाउँपालिका वडा नं.–२ मा बाम गठबन्धनका ढालेन्द्र शेरचन विजयी ।
१०-सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं.–८ मा नेकपाका केदार आचार्य बिजयी ।
११-लमजुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं.–२ मा नेकपाका नविनकुमार श्रेष्ठ बिजयी ।
१२ -सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिका वडा नं.–५ मा नेकपाका धर्मे बुढाथोकी बिजयी ।
१३-कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं.–३ मा नेकपाका कृष्णबहादुर तामाङ बिजयी ।
१४-रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं.–१ मा नेकपाका जनकबहादुर बुढा मगर बिजयी ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस