गृहपृष्ठ ∕ समाचार ∕ ३७ जिल्लाका बिभिन्न मतदान केन्द्रमा उपनिर्वाचन जारी, अहिले सम्म २५ प्रतिशत मत खस्यो ३७ जिल्लाका बिभिन्न मतदान केन्द्रमा उपनिर्वाचन जारी, अहिले सम्म २५ प्रतिशत मत खस्यो दीप संञ्चार मंसीर १४, २०७६ गते १३:१० मा प्रकाशित काठमाडौं, आज शनिवार ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन भैरहेको छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा १२ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ । मतदान साँझ पाँच बजेसम्म रहनेछ । मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ । कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचनको मतदान जारी छ ।त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचनको मतदान जारी छ । विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् ।त्यस्तै, भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजीप दुर्घटना हुँदा २ जनाको मृत्युब्राउन सुगरसहित एक महिला पक्राउएकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्युएकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ८विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ताजा अपडेट निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ब्राउन सुगरसहित एक महिला पक्राउ काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेश विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो सरकारी कर्मचारीलाई मोबाइल राख्न निषेध