Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५आयामद्वारा आर्थिक सहयोग

आयामद्वारा आर्थिक सहयोग


दुख हरण यादव

दाङ्ग, दाङ्गको देउखुरीमा रहेको आयाम बहुउद्धेशिय सहकारी संस्था लिमिटेड गढवाले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

गएको कार्तिक १५ गते बनभोज खाएर फर्किदै गर्दा दाङ्गको लमही कोइलाबास सडकखण्डको चिसापानीमा ट्रेक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारलाई सहकारीले नगद १६ हजार ६ सय आर्थिक सहयोग गरेको छ ।

यस सहकारीको स्थापनानै समुदायमा पिछडिएका,अल्पसख्यक ,सिमान्तकृत समुदायलाई समाजिक सेवा मार्फत शिक्षा,पढाई खर्च, छात्रवृत्ति ,औषधी उपचार खर्च तथा राहत उद्धारका कार्य गर्ने र सहकारी मार्फत सिमान्त्कृत समुदायको दिगो जिबिकोपार्जनको लागि बिभिन्न सामाजिक कार्य गर्दै आएको आयाम बहुउद्देशिय सहकारी सस्थाका अध्यक्ष ओम प्रकाश बसेल ले राहत संकलन समितीका संयोजक वीर बहादुर आले लाई हस्तान्तरण गरे ।

हाम्रो यो सानो सहयोग बाट यस क्षेत्रको अरु सहकारी हरु तथा सहयोगी सस्थाहरुलाई प्रेरणा मिलोस भनेर यो रकम हस्तान्तरण गरिएको सहकारीका सचिव सोम चौधरीले बताए । उनले सहयोग गरेर आर्थिक समस्या बाट गुज्रीरहेको पिडित परिवारलाई सबैले सहयोग गर्नु पर्ने बताए ।

सहयोग रकम बुझ्दै राहात संकलन समितिका अध्यक्ष वीर बहादुर आलेले सहयोग गर्ने आयाम सहकारीका सबै परिवारलाई पीडितका तर्फ बाट धन्यवाद दिएका छन् । अहिले सम्म लगभग ६ लाख ५० हजार राहत संकलन भएको आलेले जानकारी दिए ।

गत कार्तिक महिनामा गढवा गाउपालिका ६ का स्कुले बालबालिका बनभोज खाएर फर्किने क्रममा टेक्टर दुर्घटना हुदा मनिकापुर गाउका तिन जना बालिकाले ज्यान गुमाएका थिए भने केहि बालबालिका घाइते भएका थिए । घाइतेहरुको मध्ये एक जनाको भारत लखनउको जेनिश अस्पताल मा उपचार भैरहेको छ ।

सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको सभापतित्वमा भएको राहत रकम हस्तान्तरण कार्यक्रमको सहजिकरण उपाध्यक्ष तारा कुमारी पुनले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस