Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कम्युनिष्टले झुक्याएर भोट हाल्न लगाए अब कांग्रेसलाई भोट हाल्छौ

कम्युनिष्टले झुक्याएर भोट हाल्न लगाए अब कांग्रेसलाई भोट हाल्छौ


दाङ्ग, नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफुहरुलाई झुक्काएर भोट लिएको घोराही १६ का मतदाताले गुनासो गरेका छन् । पटक पटक जनतालाई झुक्याएर फाईदा लिएका कम्युनिष्टलाई अब भोट नदिने पक्षमा छन् उनीहरु ।

आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनमा दाङ्गको घोराही उपमहानगर पालिका १६ बाट वडाध्यक्षको टिकट पाएका नेपालि कांग्रेसका उम्मेदवार तारा बहादुर डाँगीलाई आफ्नो भोट दिएर जिताउने त्यहाका मतदाताको भनाई छ ।

अब चुनाव आउन मात्र ६ दिन बाकि छ तर उम्मेदवार डाँगी आफ्ना सुभ चिन्तक मतदाता,कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दीई रहेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ का मतदाताहरुले नेपाली कांग्रेसका उम्मेदवार तारा बहादुर डाँगीसंग विकास मागेका छन् । मतदाताहरु भेट्नकालागि घरघमा पुगेका नेपाली कांग्रेसका उमेद्वार डाँगीसंग उनीहरुले वडाको विकास माग्ने गरेका छन् ।

घरदैलो र चुनावी सभामा सहभागि हुन आउने मतदाताहरुले वडामा सडक सञालदेखी खानेपानीको समस्या देखाउने गरेका छन् ।
मतदाताहरुले जिल्लाका सदरमुकामसँग जोडिएको वडामा कालोपत्रे सडक नहुनु आफुहरुकालागि दुर्भाग्य भएको भन्दै उनीहरुले डाँगीसँग गुनासो गर्ने गरेका छन् ।

खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुदाँ खेतबारी बाँँझै हुने गरेको र स्वच्छ खानेपानी समेत पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ‘न गतिलो सडक छ न त खानेपानी न त सिँचाई नै छ घोराहीसँग सँगै जोडिएको वडा भएपनि यस्तो छ हालत’ शान्ती चौधरीले भनीन्–‘अहिले पनि हाम्रो वडामा कतिपय ठाँउमा विद्युत नै छैन ।’

वडाबासीहरुले अघिल्लो निर्वाचनमा सबै समस्या समाधान गर्ने भन्दै आँफुहरुलाई आश्वासन देखाएर निर्वाचन जितेपनि समस्या जस्ताको त्यस्तै भएको उनीहरुको भनाई छ । ‘अघिल्ला चुनावमा हामीलाई झूक्याएर, आशा देखाएर भोट मागे । विकास होला भनेर दियौँ पनि तर आजसम्म कुनै समस्या समाधान भएन’ कांग्रेसका उमेद्वार डाँगीसँग लालमति बुढाले भनीन्– ‘पहिले त झुक्काए यो पटक त झुक्कीनौ, कांग्रेसलाई भोट दिने हो ।’

मतदाताहरुको समस्या सुन्दै डाँगीले विजयी भएपछि वडाका हरेक समस्या समाधानकालागि वडाबासीहरुसँग सल्लाह गरेर काम गर्ने बताउने गरेका छन् । साथै उनले वडालाई नमूना बनाउनका लागि जनताको साथ र समर्थन लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मत दिएर विजयी बनाउन अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस