Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बसले किचेर दाङ्गमा एकको मृत्यु

बसले किचेर दाङ्गमा एकको मृत्यु


दाङ्ग, दाङ्गको देउखुरीमा बसले किच्दा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्युठान माण्डबी गाउँपालिका वडा नम्बर ४ निवासी ४६ बर्षिय पबित्रा सुनारको मृत्यु भएको हो ।

घाइते भएकि सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागि बुटवल लगिएको थियो ।

उपचारको क्रममा सुनारको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । बस र चालकलाई वडा प्रहरी कार्यालयल लमहीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस