Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभोलि बुधवार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने

भोलि बुधवार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् ।
नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेका छन् ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको श्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस