गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तरुण दलका सभापति शाह जेल चलान तरुण दलका सभापति शाह जेल चलान प्रिया स्मृती गजमेर मंसीर ३, २०७६ गते १३:०३ मा प्रकाशित बाँके, नेपाल तरुण दलका नगर सभापति सन्दीपजङ्ग शाहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।गत कात्तिक १४ गते राति साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित पक्राउ परेका थिए ।जिल्ला अदालत बाँकेले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्डनेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महतरूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइकोप–२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन