Techie IT
×
गृहपृष्ठसमाचारछुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु


काठमाडौ – नवलपरासी (पूर्व), कञ्चनपुर, काभ्रे र बर्दियाको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार खोटाङ, रावावेशी गाउँपालिका ३ देउरालीस्थित सडकमा स१त ५७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ। सोलुखुम्बु दुधकोसी गाउँपालिका ४ जुबु बस्ने १८ बर्षीय निङमा तामाङको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका ८ सत्यटोलस्थित सडकमा ना२७प ७३०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय होमबहादुर आलेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका २ वाणीस्थित बाटोमा रोकिराखेको ना३ख १४२४ नम्बरको ट्रकमा शनिबार राति अनटेस्ट मोटरसाइकल पछाडिबाट ठक्कर खाँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ। सोही ठाउँका २४ वर्षीय दिनेश राना र मोटरसाइकलमा सवार २० वर्षीय सुनिल रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ।

काभ्रे, रोशी गाउँपालिका ११ डालाबेशीस्थित सडकमा बा९८प ७५८२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार १९ वर्षीया अनुपमा रावलको धुलिखेल अस्पताल हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक काठमाडौं मध्यबानेश्वर बस्ने रामेछाप मन्थली नगरपालिका ९ घर भएका २२ वर्षीय गोपाल बोहराको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बर्दिया, राजापुर नगरपालिका २ बालाबजारस्थित सडकमा से७ प ३७८९ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २८ वर्षीय दिपेश थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस