गृहपृष्ठ ∕ समाचार ∕ सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण दीप संञ्चार मंसीर १, २०७६ गते २१:१४ मा प्रकाशित काठमाडौँ – मुग्लिन निवासी नेपाल सेनाका जवान राम कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । चितवनस्थित अस्थाई प्रहरी पोष्ट फिस्लिङको हिरासतमा कँडेलको मृत्यु भएको हो ।इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग कँडेलको सामान्य विवाद भएपछि उनलाई फिस्लिङको कार्यालय भित्र लगिएको थियो ।कँडेलको प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टभित्र गएपछि कँडेल शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा प्रहरी भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।घाइते अवस्थामा भेटिएका कँडेलाई तत्कालै कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । सामान्य उपचारपछि कँडेललाई थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको दावी छ ।आइतबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । अहिले पनि स्थानीयले प्रहरी पोस्टमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ