गृहपृष्ठ ∕ समाचार ∕ ३६ लाख रुपैयाँ सहित हुण्डी व्यापारी पक्राउ ३६ लाख रुपैयाँ सहित हुण्डी व्यापारी पक्राउ दीप संञ्चार मंसीर १, २०७६ गते १९:४६ मा प्रकाशित काठमाडौंं – प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो। प्रसादलाई डेराबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।कुँवरका अनुसार उनको साथबाट ३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार रुपैयाँ भारु, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद भएको छ। प्रसादलाई रावश्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।डिएसपी कुँवरका अनुसार उनी तीस वर्षदेखि नेपालमा बस्दै आएको थाहा भएको छ। ‘भारतीय नोटको गैरकानुनी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी उनको कोठामा पुगेको थियो,’ कुँवरले भने, ‘भारतीय नोटसँगै हुण्डीको रकम पनि फेला पर्यो।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्तएनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरुपेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यबारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी आर्थिक वर्ष ०७९/८० को बजेट पास बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको आग्रह नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु पहिलो अभ्यास खेलमै नेपाल पराजित नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?