Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्ग प्रहरीद्वारा फेरी हतियार बरामद

दाङ्ग प्रहरीद्वारा फेरी हतियार बरामद


दाङ्ग , दाङ्ग प्रहरीले ठुलो मात्रामा हतियार बरामद गरेको छ ।

यो भन्दा अघि दाङ्गको राजपुर गाउपालिकाको मुंग्रेथा खोलाबाट दंगा प्रहरीले बिप्लाबका २१ जना नेता कार्यकर्ता सहित भारि मात्रामा हात हतियार बरामद गरेको थियो यो दोस्रो पटक हो ।

जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको दाङ्ग जिल्ला प्रहरी कार्यालयका प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाका आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे कपिलबस्तुको शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस