गृहपृष्ठ ∕ समाचार ∕ महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत दीप संञ्चार कात्तिक २९, २०७६ गते १६:४८ मा प्रकाशित काठमाडौं– पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो ।हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादक रहेका उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे ।प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सो पुरस्कारबाट सम्मानित हुनुहुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी…एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्मराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश