Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५भैसी बिमाको रकम कृषकलाई प्रदान

भैसी बिमाको रकम कृषकलाई प्रदान


दाङ्ग, नेपाल महिला सामुदायिक लघुबित्त लिमिटेडले उधम बिकाश कार्यक्रम अन्र्तगत भैसी बिमा गरे बाफतको ९० हजार रुपैयाको चेक देउखुरीका एक भैसीपालक कृषकलाई प्रदान गरेको छ ।

केन्द्रले पहिलो पटक भैसिबिमा बाफतको रकम पशुपालक कृषकलाई प्रदान गरेको केन्द्रका लमही शाखा अधिकृत पुस्पा पुलामीले जानकारी दिएकी छन् ।

लघुबित्त लिमिटेड अन्र्तगत गठन भएको सिंगेखोला सामुदायिक सेवा केन्द्र नम्बर १ सय ४६ का सदस्य तथा भैसी पालक कृषक रेश्मा भारतीलाई ९० हजार रुपैयाको चेक नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले एक कार्यक्रमका बिच आज प्रदान गरेकी हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष शाहले बिमा बाफतको रकमले उधमिलाई राहात पुगेको भन्दै पशु मरेपनि बिमाले पशुपालक कृषकलाई ब्यबसायमा टिक्न सक्ने आधार खडा गरेको बताईन ।

भारतीले महिला सामुदायिक लघुबित्त लिमिटेडको उधम बिकाश कार्यक्रममा आबद्ध भएर आर्य आर्जनका लागी १ लाख रुपैयाको कर्जा लिएर गत असार महिनामा दुध दिने भैसी किनेकी थिइन् ।

किनेको भैसि तिन महिना मै मरेपछि भैसी बिमा गरेकी भारतीले बिमा बाफतको ९० हजार रुपैया पाएकी हुन् । उधम बिकाश कार्यक्रमले उधमिहरुको हितको लागी निक्षेप तथा कर्जा सुरक्षण कोष अन्र्तगत पशुपालक कृषकहरुको पशु बिमा गर्दे आएको केन्द्रले जनाएको छ ।

गत चैत्र महिना देखि उधमबिकाश कार्यक्रम अन्र्तगत केन्द्रले शुरु गरेको पशुबिमा कार्यक्रममा देउखुरी क्षेत्रका गाई भैसी, बाख्रा गरि १ हजार पशुको बिमा गरिएको उधम बिकाश अधिकृत अनिल चौधरीले बताए ।

पशु खरिद गरेको मुल्यको १ प्वाईन्ट ५ प्रतिशतको दरले पशुपालक कृषकले बिमा गरेबाफतको पैसा बुझाउनु पर्ने हुन्छ । रकम हस्तान्तरण कार्यक्रमको सचालन लघुबित्त कार्यक्रम लमही शाखाका शाखा अधिकृत पुस्पा पुलामीले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस