Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम

घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम


दाङ्ग, उपनिर्बचन नजिकिए संगै दलहरु प्रचारप्रसार अभियानमा जुटेका छन् । यसै बीच नेपाली कांग्रेसका तर्फ बाट घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसीले मतदाताहरूसँगकाे भेटघाट गरेका छन् ।

नेपाली काग्रेसबाट उम्मेदवार बनेपछि मतदाताहरूसँग भेटघाट र डिसीले मनाेनयन दर्ता गरेसँगै अाैपचारिक रूपमै मतदाताकाे घरसम्म पुगेर भेटघाट सुरू गरेका हुन् ।

अागामी मंसीर १४ गते हुने उपनिर्वाचनकालागी नेपाली काग्रेसबाट उमेद्वार बनेका डिसीले विहीवार खिरटीया, नया बस्ती, बयरबटुवामा घरदैलाे कार्यक्रम गरेका छन् । मतदाताहरूले डिसीसँग अाफ्ना समस्याहरू राखेका थिए ।

डिसीले वडाका हरेक समस्याहरू समाधानकालागी अाफू लागीपर्ने भन्दै वडाध्यक्षमा विजयी बनाउन मतदाताहरूलाई अनुराेध गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस