Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरआवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा

आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा


दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी लगाउन सरकारले प्राथमिकतामा राखेको बताएका छन ।

एन प्याब्सन दाङको आयोजनामा प्राथमिक तह जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताको लमहीमा उद्घाटन गर्दै सांसद शर्माले शिक्षाको विकासबाट समृद्धि हाँसिल गर्न सकिने बताएका हुन ।

एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्ला भरका १६ विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डाँगी, प्रदेशका सदस्य टोपेन्द्र खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक बिक्रान्त ज्ञवालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।


क्याटेगोरी : प्रदेश खबर, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस