गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा वितरणमा राज्यको विभेद मुआब्जा वितरणमा राज्यको विभेद प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १३:४५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ४ सेमरवाका जग्गाधनीले राज्यले आफुहरुलाई मुआब्जा वितरणमा विभेद गरेको गुनासो गरेका छन् ।आफुहरुसंगै सटेका जग्गाधनीलाई १५ सय प्रति वर्गमिटर र आफुहरुलाई १ सयका दरले दिएको स्थानिय प्रेमलाल चौधरीले बताए । सेमरवाका स्थानीयले आफुहरुलाई राज्यले ठगेको भन्दै मुआब्जा लिन समेत मानेका छैनन् ।राज्यले हामीलाई पाउने मुआब्जाको दर रेट मात्र तोकी दिए पनि खुशी हुन्थ्यौ स्थानिय प्रेमलाल चौधरीले भने । यदि हाम्रो जग्गाको मुआब्जा अर्को गाउका जग्गाधनीलाई दिएको बराबर भएन भने हामीले सेमरवा गाउको बाटो कुनै हालतमा बन्न दिदैनौ चौधरीले भने ।सेमरवाबासीको मागलाई मध्यनजर गर्दै आज बिहिवार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको नेतृत्वको टोलीले लमही नगरपालिका वडा नम्बर ४ सेमरवाका जग्गाधनीलाई न्यायोचित तरिकाले मुआब्जा वितरण नभएको भन्दै दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेटेर गम्भीर ध्यानाकर्षण गराएको छ ।सेमरवाका जग्गाधनीलाई मुआब्जा वितरणमा राज्यले अन्याय गरेकोले नेपाली काङ्ग्रेसको तर्फबाट उनीहरुलाई न्याय हुने गरि मुआब्जा वितरण गराउने पहल गरिरहेको क्षेत्रीय सभापति पाण्डेले बताए ।पूर्व सभासद योगेन्द्र चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत,स्थानिय देशुराम चौधरी,कुसुम चौधरी र प्रेमलाल चौधरी लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर ध्यानाकर्षण सहितको पत्र बुझाएको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउशलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या२४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्युकरेन्ट लागेर मोरङमा एक जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट नक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउ ‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ -मुख्यमन्त्री राई ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन ओलीपछि प्रचण्ड भेट्न खुमलटार पुगे शेखर कोइराला बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, ५८ लाखको मृत्यु २४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु