गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा वितरणमा राज्यको विभेद मुआब्जा वितरणमा राज्यको विभेद प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १३:४५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ४ सेमरवाका जग्गाधनीले राज्यले आफुहरुलाई मुआब्जा वितरणमा विभेद गरेको गुनासो गरेका छन् ।आफुहरुसंगै सटेका जग्गाधनीलाई १५ सय प्रति वर्गमिटर र आफुहरुलाई १ सयका दरले दिएको स्थानिय प्रेमलाल चौधरीले बताए । सेमरवाका स्थानीयले आफुहरुलाई राज्यले ठगेको भन्दै मुआब्जा लिन समेत मानेका छैनन् ।राज्यले हामीलाई पाउने मुआब्जाको दर रेट मात्र तोकी दिए पनि खुशी हुन्थ्यौ स्थानिय प्रेमलाल चौधरीले भने । यदि हाम्रो जग्गाको मुआब्जा अर्को गाउका जग्गाधनीलाई दिएको बराबर भएन भने हामीले सेमरवा गाउको बाटो कुनै हालतमा बन्न दिदैनौ चौधरीले भने ।सेमरवाबासीको मागलाई मध्यनजर गर्दै आज बिहिवार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको नेतृत्वको टोलीले लमही नगरपालिका वडा नम्बर ४ सेमरवाका जग्गाधनीलाई न्यायोचित तरिकाले मुआब्जा वितरण नभएको भन्दै दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेटेर गम्भीर ध्यानाकर्षण गराएको छ ।सेमरवाका जग्गाधनीलाई मुआब्जा वितरणमा राज्यले अन्याय गरेकोले नेपाली काङ्ग्रेसको तर्फबाट उनीहरुलाई न्याय हुने गरि मुआब्जा वितरण गराउने पहल गरिरहेको क्षेत्रीय सभापति पाण्डेले बताए ।पूर्व सभासद योगेन्द्र चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत,स्थानिय देशुराम चौधरी,कुसुम चौधरी र प्रेमलाल चौधरी लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर ध्यानाकर्षण सहितको पत्र बुझाएको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप