Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५टेक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परवारलाई बिद्यालयको आर्थिक सहयोग

टेक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परवारलाई बिद्यालयको आर्थिक सहयोग


  • दुख हरण यादव

दाङ्ग, यहि कार्तिक १५ गते बनभोज खाएर फर्किदै दाङ्गको लमही कोइलाबास सडकखण्डको चिसापानीमा ट्रेक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारलाई बुद्ध ज्योती बोर्डिङ स्कुल र उच्च माध्यामिक बिद्यालय गढ़वाले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक बसन्तराज भट्टराईले दुर्घटना राहत संकलन समितीका अध्यक्ष वीर बहादुर आलेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बुद्धज्योती बोर्डिंग स्कुलको सामाजिक कोष बाट १५ हजार र शिक्षक तथा विद्यार्थीबाट संकलित ३६ हजार गरि कुल ४१ हजार रुपैया मृतक तथा घाइते परिवार लाई सहयोग पुगोस भनी रकम हस्तान्तरण गरिएको विद्यालायका प्रधानाध्यापक भट्टराईले बताए ।

त्यसै गरि गढवा गाउँपालिका स्थित जनता उच्च माध्यामिक बिद्यालयले पनि मृतक तथा घाइतेका परिवारलाई सहयोग गरेको छ । जनता उच्च माध्यमिक बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दिनमणी आचार्यको अध्यक्षतामा भएको एक कार्यक्रममा अभिभवाक तथा परिवारलाई सहयोग स्वरुप बिधालयका शिक्षक तथा बिद्यार्थीले एक दिनको खाजा रकम बचाएर १६ हजार ८ सय १ रुपैयाँ सहयोग गरेकको बिद्यालयका प्राचार्य राम सुरत यादवले बताए ।

त्यस्तै विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दिनमणी आचार्यले ब्यक्तीगत रूपमा दुर्घटनाका पिडितलाई सहयोग स्वरुप नगद ५ हजार नगद सहयोग प्रदान गरेका छन् ।

सहयोग रकम बुझ्दै राहात संकलन समितिका अध्यक्ष वीर बहादुर आलेले सहयोग गर्ने सबै विद्यालय तथा विद्यालय परिवारलाई धन्यवाद दिदै प्राप्त रकमले घाइते तथा मृतकका परिवारलाई सहयोग पुग्ने बताए ।

अहिले सम्म लगभग ५ लाख ५० हजार राहत संकलन भएको आलेले जानकारी गराएका छन् ।

गत कार्तिक महिनामा गढवा गाउपालिका ६ का स्कुले बालबालिका भैलो खेलेर संकलन भएको रकमले बनभोज खान सोहि गाउपालिकाको ५ मा पर्ने चिसापानी गएका थिए ।

बनभोज खाएर फर्किने क्रममा टेक्टर दुर्घटना हुदा मनिकापुर गाउका तिन जना बालिकाले ज्यान गुमाएका थिए भने केहि बालबालिका घाइते भएका थिए । घाइतेहरुको भारतमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस