Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने

लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने


दाङ्ग, नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ दाङ्गका कोषाध्यक्ष अरुण लहरे माथि लगाईएको आरोप भ्रम सिर्जना गर्ने र कपोकल्पित भएको भन्दै संगठनले खण्डन गरेको छ ।

हिज मंगलवारमात्र नेकपा सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी नेता रबिन वलीलाई आक्रमण गरेको आरोप लहरे माथि लागेको थियो ।

वली र लहरे बीच भएको सामान्य विवादलाई बढाई चढाई गरेर सिंगो पार्टीलाई बदनाम गराउने जस्तो घृणित कार्य भएकोले उक्त घटनाप्रति नेपाल बिद्यार्थी संघ दाङ्गको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्लाका कार्यबाहक सभापति टोप बहादुर बुढाथोकीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ ।

उपनिर्बाचनको पूर्व सन्ध्यामा पार्टीका उम्मेदवार र कार्यकर्तालाई निराशा बनाउने उद्देश्यले सर्बसाधारणमा भ्रम छर्ने समाचार प्रशारण र प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ ।

साथै पत्रकारको व्यक्तिगत रिसिबिलाई पार्टी वा संगठनसंग नजोड्न नेपाल बिद्यार्थी संघ दाङ्गले जोडदार माग गर्दछ” बिज्ञप्तीमा भनिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस