Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसडकमा जुलुश निकाल्दैमा मिचिएको भूभाग फिर्ता हुदैन – देउवा

सडकमा जुलुश निकाल्दैमा मिचिएको भूभाग फिर्ता हुदैन – देउवा


काठमाण्डौ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने ठोकुवा गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई हेटौडामा गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने बताए ।

उनले कालापानी नेपालको भूभाग भएको बताए । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको कांग्रेसले समर्थन नगर्ने बताए । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो ।

एक अर्को फरक प्रसंगमा नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेको र पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस