Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्राध्यापक डाक्टर केसीले अनशन तोडे

प्राध्यापक डाक्टर केसीले अनशन तोडे


काठमाण्डौ, चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै नौ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले आज मंगलवार अनशन स्थगित गरेका छन् । उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनशन स्थगित भएको घोषणा गरेका हुन् ।

उनले स्थानीय ४ वर्षीय स्यान्सु जैरुको हातबाट जुस पिएर अनशन तोडेका छन् । गत सोमबारदेखि ७ बुँदे माग सहित १७ औँ अनसन शुरु गरेका उनले नवौं दिनमा आएर अनशन तोडेका हुन् ।

केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगित गरेको बताएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस