Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु


दाङ्ग, दाङ्गको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौ देखि घोराही तर्फ जादै गरेको लु २ ख १३७६ नम्बरको ट्रकले लमही नगरपालिका वडा नं ४ अर्नहवा निवासी मोहम्मद रफिक राईमलाई लमहीको सुनखोली नजिकै ठक्कर दिएको थियो ।

ठेलामा चटपटे लिएर बेच्न जादै गर्दा राईमलाई ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोहोलपुर मेडिकल कलेजमा उपचार गर्दा गर्दै ज्यान गएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस