गृहपृष्ठ ∕ समाचार ∕ रौतहटको प्रहरी चौकीमा बम बिस्फोट रौतहटको प्रहरी चौकीमा बम बिस्फोट दीप संञ्चार कात्तिक २६, २०७६ गते १५:४७ मा प्रकाशित काठमाण्डौ, नेपाल-भारत सीमा क्षेत्रमा पर्ने रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ ।जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । घटनामा प्रहरी जवान रञ्जित यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।सेन्ट्री पोस्टमा बसेका यादव बम प्रहारबाट घाइते भएका हुन् । प्रहरीले बम प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार गरेको आरोपमा पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दनकुमार रहेका छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ ।मठिया चौकी नेपाल-भारत सीमा क्षेत्रमा पर्दछ । घटनाको क्षतिबारे जानकारी लिनका लागि प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रमुख एसपी खत्रीले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप