Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशिक्षक नियुक्तिमा रोक

शिक्षक नियुक्तिमा रोक


काठमाण्डौ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ ।

शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो । मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गरेको हो।

शिक्षा सेवा आयोगबाट सिफारिस भइ नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले यो कार्य नसकुन्जेल शिक्षक नियुक्ति र सरुवामा रोक लगाएको बताईएको छ ।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह गरेको छ।

समायोजनबाटै आवश्यक सङ्ख्यामा शिक्षक पठाउने मन्त्रालयको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस