Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५पर्यटकीय गन्तब्य बन्दै दाङ्गको कोइलाबास

पर्यटकीय गन्तब्य बन्दै दाङ्गको कोइलाबास


 

दाङ्ग, लमही जेसिजले जेसिज सप्ताह अन्तर्गत भिजिट नेपाल २०२० प्रबर्द्दन कार्यक्रम आज सोमवार देउखुरीको कोइलबासमा सम्पन्न गरेको छ ।

भिजिट नेपाल २०२० प्रबर्द्दन कार्यक्रमको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्धिकिले गरेका हुन् । दाङ्गकै पुरानो नाका कोईलाबासमा लमही जेसिजले नाकालाई सहयोग पुग्ने कार्यक्रम संचालन गरेको भन्दै खुशी व्यक्त गरेका छन् । साथै वडाध्यक्ष सिद्दिकीले ओझेलमा परेको कोइलाबास नाकामा दैनिक ३ देखि ५ सय सम्म भारतीय पर्यटक भ्रमण गर्न आउने र यो कार्यक्रमले झन् सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

अहिले कोइलाबासमा त्यहा रहेका एतिहासिक तथा पुराना जिर्ण सरकारी भवन, मठ मन्दिर,झोलुङ्गे पुल र पहाडको अबलोकन गर्न भारतको बिभिन्न शहर बाट पर्यटक आउने गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सिद्धिकिले कोइलावास नाकामा थुप्रै समस्या रहेको अवगत गराए । सबै भन्दा जटिल समस्याको रुपमा रहेको खानेपानी समस्यालाई व्यवस्थापन गर्न आफु निरन्तर लागि रहेको बताए । नेपालकै दोस्रो ठूलो पुरानो रामजानकी मन्दिरको व्यवस्थापन, सम्बन्धीत निकायहरुको पहलमा कोईलावास भन्सारलाई पुनःचालू गर्ने र अब्यबस्थित बसोबासले खण्डर बन्दै गएको गाउँलाई पर्यटकीय र व्यापारीक स्थलको रुपमा विकास गर्ने योजना रहेको बताए ।

निर्माणनधिन अवस्थामा रहेको हुलाकी राजमार्ग तयार भयो भने दैनिक रुपमा दुइ हजार देखि चार हजार सम्म बाह्य पर्यटकहरु भित्रायाउने लक्ष्य रहेको वडाध्यक्ष सिद्धिकिले बताए ।

लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताले लमही जेसिजको जेसिज सप्ताह भिजिट नेपाल २०२० प्रवद्र्वन कार्यक्रम अन्र्तगत दाङको कोईलावास नाकालाइ देशकै पर्यटकिय स्थालको रुपमा चिनाउने उद्देश्यले जेसिज सप्ताह भिजिट नेपाल २०२० प्रबर्द्दन कार्यक्रम कोइलावासमा संचालन गरेको बताए ।

जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्ष एवं गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्वाम सिद्विकिको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी बल कोईलाबासका प्रहरी निरिक्षक विशाल पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लमही जेसिजको पूर्व अध्यक्ष खेमराज घिमिरे, उमाकान्त चौधरी, डन्डिराम चौधरी, हरि बहादुर कुवर, भन्सार कार्यालय कोइलावासका भन्सार प्रमुख रामबहादुर विक, पत्रकार राधेश्याम गुप्ता, सिमा प्रहरी चौकी केइलावासका प्रतिनिधि कमल पुन मगर, ने.क.पा कोईलावासका पार्टी ईञ्चार्ज जयबहादुर बुढा, नेपाली कांग्रेसका वडा नम्बर ८ का सभापति अब्दुल कुदुस सिद्विकि, लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

लमही जेसिजका कोषाध्यक्ष दुलमदास चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही जेसिजका तालिम निर्देशक फणाधर ढकालले गरेका थिए भने जेसिज सप्ताह निर्देशन सपना पाण्डे कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस