गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग दीप जङ्ग शाह कात्तिक २५, २०७६ गते १४:५४ मा प्रकाशित दोहा, जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ सस्था बाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले पनि आर्थिक सहयोग गरेको छ ।जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्यहरु बाट रकम संकलन गरि नेपाली रुपिया १ लाख ५६ हजार १ सय ८६ जीवन शर्मा का जेठा छोरा अर्जुन आचार्यको नाममा पठाइएको समाजका अधक्ष्य हेमन्त वाइवाले बताए ।देश तथा बिदेसमा बिभिन्न पिडित हरु लाइ सहयोग गर्दै आएको एकता समाजले जनताका पक्षमा गीत गाउदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको वाइबाले बताए ।‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध’, ‘होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको’, ‘चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास ।’ जस्ता भावले भरिएका जनगायक शर्मा यतिवेला भने पैसा कै कारण चरम पिडासंग पिल्सिएका छन् । तथापि तिनै जनताले नै शर्माको घाउमा मलम लगाईरहेका छन् ।दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका थिए । अन्ननलीमा हड्डी अड्किएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको थियो जनगायक शर्मालाई आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न देशमा रहेका एकता समाज लगाएत्, कलाकार र सामाजिक अभियन्ताहरु लगाएतले सहायोग रकम संकलन गरिरहेका छन् ।क्याटेगोरी : मनाेरञ्जन, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप