गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा दीप संञ्चार कात्तिक २४, २०७६ गते १७:३३ मा प्रकाशित काठमाण्डौ, ठगी सँगै कागज किर्ते गरेको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । आइतबार रावलले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।ठगी सँगै कागज किर्ते गरेको आरोपमा रावलसहित २९ जनाका नाममा साउन ७ गते कञ्चनपुर अदालतमा मुद्धा परेको थियो । कलेज स्थापना गरी विद्यार्थीलाई ठगी गरेको राज्यमन्त्री रावल माथि आरोपमा छ ।सोही क्रममा यही कार्तिक १९ गते राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । रावलको सम्पत्ति छानबिनका लागि विभागका एसएसपीसहितको टोली कार्तिक १९ गते कञ्चनपुर पुगेको थियो ।रावल विरुद्ध विभागमा सम्पत्ति छानबिनका लागि भन्दै छुट्टै उजुरी परेको दावी गरिएको छ । महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावलसहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा समेत परेको छ ।राज्य मन्त्री रावलले सुदूरपश्चिमप्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको उद्योग, प्रयटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता भरतप्रसाद श्रेष्ठले बताए । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार रावलको राजीनामा स्वीकृत भइसकेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप