गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा दीप संञ्चार कात्तिक २४, २०७६ गते १७:३३ मा प्रकाशित काठमाण्डौ, ठगी सँगै कागज किर्ते गरेको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । आइतबार रावलले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।ठगी सँगै कागज किर्ते गरेको आरोपमा रावलसहित २९ जनाका नाममा साउन ७ गते कञ्चनपुर अदालतमा मुद्धा परेको थियो । कलेज स्थापना गरी विद्यार्थीलाई ठगी गरेको राज्यमन्त्री रावल माथि आरोपमा छ ।सोही क्रममा यही कार्तिक १९ गते राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । रावलको सम्पत्ति छानबिनका लागि विभागका एसएसपीसहितको टोली कार्तिक १९ गते कञ्चनपुर पुगेको थियो ।रावल विरुद्ध विभागमा सम्पत्ति छानबिनका लागि भन्दै छुट्टै उजुरी परेको दावी गरिएको छ । महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावलसहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा समेत परेको छ ।राज्य मन्त्री रावलले सुदूरपश्चिमप्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको उद्योग, प्रयटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता भरतप्रसाद श्रेष्ठले बताए । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार रावलको राजीनामा स्वीकृत भइसकेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-…दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो