Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कांग्रेस नेता चौधरीको स्मृतिमा श्रद्धाञ्जली सभा

कांग्रेस नेता चौधरीको स्मृतिमा श्रद्धाञ्जली सभा


दुख हरण यादव

दाङ्ग,  नेपाली काङ्ग्रेस साबिक गंगापरस्पुर गाबिसका ईकाई सल्लाहकार तथा पुर्ब गाबिस अध्यक्ष घनश्याम चौधरीको ९ औ दिनको पुन्यतिथि पारेर चौधरीको स्मृतिमा नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नं ४ ले श्रद्धाञ्जली तथा शोक सभाको आयोजना गरेको छ ।

गढवा गापा ४ कटियानगाउमा वडा न ४ का इकाइ सभापती श्रीपत चौधरीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्बती डिसि चौधरीको प्रमुख आथित्य एबम नेपाली काङ्ग्रेस दाङ्ग जिल्ला अध्यक्ष कृति बहादुर खड्काको बिशिस्ट आथित्यमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय चौधरीको जिवनी तथा उनले समाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अथिती चौधरीले देउखुरी क्षेत्रमा नेपाली काङ्ग्रेसलाई जोगाइ राख्ने र नेपाली काङ्ग्रेसको आस्था प्रती अटल रहि सधै सक्रिय भुमिका निर्वाह गर्ने चौधरीको निधनले नेपालि काङ्ग्रेस सहित पूरा समाज लाई क्षति पुगेको बताईन ।

त्यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सभापती कृति बहादुर खड्काले चौधरीले गरेको कार्य तथा योगदानको चर्चा गर्दै उनका छोराहरुलाइ नेपाली काङ्ग्रेसमा उचित स्थानको जिम्मेवारी दिनु पर्ने बताए ।

श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सभापती घनश्याम रेग्मी,महासमिती सदस्य योगेन्द्र चौधरी,नेपाली काङ्ग्रेस क्षेत्र नं १ का पुर्ब सभापती अनुराग यादव , जानकीलाल बस्नेत ,अनुप थापा,बालचन्द्र हमाल,नुमानन्द सुवेदी,जगदम्बा चौधरी,मधु न्यौपाने,गिरिजादेवि न्यौपाने,किरण पौडेल,तारा बहादुर डिसी,सर्बजित डिसी,हरिहर शर्मा लगायत नेता कर्याकर्ताको सहभागिता रहेको थियो ।

चौधरीको यहि कर्तिक १५ गते उपचारको क्रममा मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस