Techie IT
×
गृहपृष्ठसमाचार‘दराज डे’मा विशेष छुट, ३ लाखभन्दा बढी सामानमा छुटको व्यवस्था

‘दराज डे’मा विशेष छुट, ३ लाखभन्दा बढी सामानमा छुटको व्यवस्था


काठमाडौ – नेपालको बृहत अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल यहि कार्तिक २५ गते गर्ने भएको छ।

यो एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, ३ हजार भन्दा बढि विक्रेता सँग मिलेर ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूटहरु लगायत अन्य धेरै अफरहरु हुने दराज नेपालले जनाएको छ।

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरु नबिल, नेपाल इन्भेष्टमेन्ट, सानिमा, मेगा, स्टान्डर्ड चार्टर बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पे मेन्ट गर्न सकिने छ । अनलाइन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउने दराजले जनाएको छ।

यसपटक उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्री अर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ ।

साथै सामसंग, मिडिआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, आदी सामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एण्ड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्। ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन ।

जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट; मन्त्र नाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५% को छूट; भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट; आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट ।

यो सेल २४ घण्टा को लागि मात्र हुने छ । यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा सपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुने दराज नेपालले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस