गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपालगंजको जमुनाह नाका बन्द नेपालगंजको जमुनाह नाका बन्द प्रिया स्मृती गजमेर कात्तिक २३, २०७६ गते ११:१५ मा प्रकाशित नेपालगञ्ज, भारतले नेपालगञ्जको जमुनाह नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका बन्द गरेको बताए ।भारतले नाका बन्द गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले नाका बन्द गरेको बारेमा औपचारिक रुपमा आफुलाई कुनै जानकारी नआएको बताए ।भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका बन्द गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिव बहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका बन्द गरेको बारेमा जानकारी दिएको बताए ।भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ आउन दिइएको छ ।बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका छन् । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने निराधार रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियोश्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउएनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंहकोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह कोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन