गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपालगंजको जमुनाह नाका बन्द नेपालगंजको जमुनाह नाका बन्द प्रिया स्मृती गजमेर कात्तिक २३, २०७६ गते ११:१५ मा प्रकाशित नेपालगञ्ज, भारतले नेपालगञ्जको जमुनाह नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका बन्द गरेको बताए ।भारतले नाका बन्द गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले नाका बन्द गरेको बारेमा औपचारिक रुपमा आफुलाई कुनै जानकारी नआएको बताए ।भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका बन्द गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिव बहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका बन्द गरेको बारेमा जानकारी दिएको बताए ।भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ आउन दिइएको छ ।बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका छन् । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने निराधार रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल