गृहपृष्ठ ∕ समाचार ∕ डाक्टर केसीलाई अनशन स्थलबाट सारियो डाक्टर केसीलाई अनशन स्थलबाट सारियो दीप संञ्चार कात्तिक २३, २०७६ गते ११:०५ मा प्रकाशित काठमाण्डौ, चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि डडेल्धुरा अस्पतालमा सार्नुपरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।‘अहिलेसम्म त उहाँको अवस्था सामान्य नै छ’ डा कँडेलले भने ‘पाँच दिन भइसक्यो अनसन बस्नुभएको अब समस्या आउन सक्छ, त्यसैले सार्ने सोच बनाएका हौं ।’आफूहरुसँग जनशक्ति पनि कम भएको र स्लाइन दिनुपर्ने अवस्थामा डा. केसी अनसन बसेको कोठामा अप्ठेरो हुने भएका कारण अस्पतालमा सजिलो हुने डा कँडेलले जानकारी दिए ।अनसनले तान्यो डडेलधुराबासीको ध्यानस्वास्थ्य क्षेत्रमा सुधारका लागि सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा जिल्लामा आइपुगेका डा. केसीको अभियानले स्थानीयको ध्यान तानेको छ । डा. केसीको अभियानमा समर्थन जनाउनेहरु, उनलाई सहयोग गर्नेहरु कोठामा आउँदा भावुक हुन्छन् र भन्छन् ‘डा सा’ब हामी तपाईका साथमा छौं ।‘हामी डा केसीको साथमा छौं, उहाँका जायज मागहरुमा हाम्रो ऐक्यवद्धता रहेको छ’ स्थानीय रमेश जोशी भन्छन् ‘क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप