गृहपृष्ठ ∕ समाचार ∕ डाक्टर केसीलाई अनशन स्थलबाट सारियो डाक्टर केसीलाई अनशन स्थलबाट सारियो दीप संञ्चार कात्तिक २३, २०७६ गते ११:०५ मा प्रकाशित काठमाण्डौ, चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि डडेल्धुरा अस्पतालमा सार्नुपरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।‘अहिलेसम्म त उहाँको अवस्था सामान्य नै छ’ डा कँडेलले भने ‘पाँच दिन भइसक्यो अनसन बस्नुभएको अब समस्या आउन सक्छ, त्यसैले सार्ने सोच बनाएका हौं ।’आफूहरुसँग जनशक्ति पनि कम भएको र स्लाइन दिनुपर्ने अवस्थामा डा. केसी अनसन बसेको कोठामा अप्ठेरो हुने भएका कारण अस्पतालमा सजिलो हुने डा कँडेलले जानकारी दिए ।अनसनले तान्यो डडेलधुराबासीको ध्यानस्वास्थ्य क्षेत्रमा सुधारका लागि सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा जिल्लामा आइपुगेका डा. केसीको अभियानले स्थानीयको ध्यान तानेको छ । डा. केसीको अभियानमा समर्थन जनाउनेहरु, उनलाई सहयोग गर्नेहरु कोठामा आउँदा भावुक हुन्छन् र भन्छन् ‘डा सा’ब हामी तपाईका साथमा छौं ।‘हामी डा केसीको साथमा छौं, उहाँका जायज मागहरुमा हाम्रो ऐक्यवद्धता रहेको छ’ स्थानीय रमेश जोशी भन्छन् ‘क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी