Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा

जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा


दाङ्ग, दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा प्रदेश सरकारले उपलब्ध गराएको निवास बुटवल भए पनि धेरै जसो उनि दाङ्गको लमहीमा बस्ने गर्दछन ।

निकै लामो संघर्ष र राजनीति बुझेका उनि जनताको सेवामै बिषेस चासो लिने गर्दछन । जाने पर्ने भयो भने मात्र उनि बुटवल जाने गर्दछन नत्र आफ्नै निर्बाचन क्षेत्रमा कहा के भैरहेको छ भन्दै जनताको बस्ति बस्तीमा पुगेर समस्या संकलन गर्ने गर्दछन ।

धेरै जसो नेताहरु कतै सरकारी सुबिधा लिने र आफ्नै सम्पतिको प्रयोग गर्दै बडो हाईफाई गर्ने गरेका छन् तर म सामान्य र आफ्नै तरिकाले जनताको माझमा पुग्ने गरेको छु, म बाचुन्जेल जनताको सेवामा लाग्ने छु शर्माले भने ।

सुरक्षित वासको पहल :

यसै बीच नेताको घर दैलोमा लमही नगरपालिका वडा नम्बर ४ बुटकौवा लगायत त्यस क्षेत्रका नागरिकको सुरक्षित वासको लागि दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बिशेष पहल लिएका छन् ।

राप्ती नदिको कटानका कारण त्यस बस्ति उच्च जोखिममा परेको छ । शुक्रबार उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन, प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतको उपस्थितिमा घोराहीमा बिशेष कार्यक्रम हुदै छ ।

बिहिवार प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रगन्ना तथा वड्कापथ व्यवस्थापन कार्यालय तथा जनताको तटबन्ध कार्यालयका प्रमुख सहित इञ्जिनियर, जलउपभोक्ता समितिका पदाधिकारी संग स्थलगत निरिक्षण गरेका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस