Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते

सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते


दाङ, दाङमा सासुको खुकुरी प्रहारबाट एक जना ज्वाई गम्भीर घाइते भएका छन् ।

दाङ्गको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का गणेश चन्दलाई हिजो साँझ पौने ९ बजे आफ्नै सासुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी हुन ।

दाङ्गको नारायणपुर ससुराली गएको बेला छोरी ज्वाईको झगडा भएको र उनीहरु बीच कुटाकुट भएपछी सासुले ज्वाईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।

घाइते चन्दको टाउकोमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले बताएको छ । चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि हिजो रातीनै नेपालगन्ज पठाईएको छ ।

ज्वाइमाथि खुकुरी प्रहार गर्ने सासु मधुकुमारी मल्ललाई भने वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस